काठमाडौं – सेञ्चुरी बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. २२ करोड २ लाख ५९ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ३७ करोड ८ लाख १५ हजार खुद नाफा कमाएका थियो । तर, बैंकको वितरण योग्य नाफा भने ११ करोड ६१ लाख ६१ हजार रुपैयाँले घाटामा रहेको छ ।
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. ७९ अर्ब २० करोड ८ लाख ४७ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने बैंकले ६३ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि २ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. १ अर्ब ९९ करोड कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ६६ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ८ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने १८ अर्ब ९४ करोड जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी १०.४७ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात १७.९६, प्रति शेयर नेटवर्थ १२९.६४ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य ११३६.४६ रहेको छ ।
प्रतिक्रिया