काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. ६२ करोड ३८ लाख १४ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ८४ करोड ४४ लाख २१ हजार खुद नाफा कमाएका थियो । बैंकको वितरण योग्य नाफा भने २० करोड ५० लाख ९८ हजार रुपैयाँ रहेको छ ।
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. १ खर्ब ८४ अर्ब ८८ करोड २५ लाख ६८ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने बैंकले १ खर्ब ३५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. ३ अर्ब ९८ करोड कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी १४ अर्ब २४ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने १२ अर्ब १ करोड जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी १७.५१ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात २३.६४, प्रति शेयर नेटवर्थ १९७.३८ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १५६६.०४ रहेको छ ।
प्रतिक्रिया