काठमाडौं – नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. ५१ करोड ११ लाख ८० हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४० करोड २५ लाख २० हजार खुद नाफा कमाएका थियो । बैंकको वितरण योग्य नाफा भने ५ करोड ८९ लाख २५ हजार रुपैयाँ रहेको छ ।
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. ६८ अर्ब ५५ करोड ७५ लाख ८३ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने बैंकले ५९ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि १ अर्ब ३९ करोड रुपैयाँ कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. १ अर्ब ७८ करोड कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ६९ करोड २२ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ८ अर्ब ४९ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने ४ अर्ब ५३ करोड जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी २६.८९ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात ८.०३, प्रति शेयर नेटवर्थ १६२.५१ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १०३६.४८ र तरलता अनुपात ३०.९७५ रहेको छ ।
प्रतिक्रिया