स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. ४० करोड १३ लाख ७१ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ६४ करोड ४१ लाख १२ हजार खुद नाफा कमाएका थियो । बैंकको वितरण योग्य नाफा भने ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ । 
बैंकको निक्षेप संकलन पनि घटेको छ । गत आवको पहिलो त्रैमाससम्म बैंकसँग ९५ अर्ब भन्दा बढी निक्षेप थियो । तर, अहिले त्यो ८२ अर्ब २२ करोडमा ४३ लाखमा झरेको छ । 
यस्तै, समिक्षा अवधीसम्म बैंकले ५० अर्ब १७ करोड ३८ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाइै पनि ३ अर्ब १६ करोड रुपैयाँ कर्जा दिएको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. १ अर्ब ४३ करोड कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ६० करोड १६ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने ५ अर्ब ६२ करोड जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी २०.०४ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात ३२.८३, प्रति शेयर नेटवर्थ १९४.१३ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया