काठमाडौं, १८असोज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट नवलपरासी सातपट्टी २ घर भएका ३० वर्षीय डोलराज न्यौपाने समेत २ जनालाई करीब २ सय ९२ ग्राम सुनको बालासहित बुधबार प्रहरीले पक्राउ गरेको छ।
विदेशबाट आएका यात्रुहरुसँग निजहरुले ल्याएको सुन अबैधरुपमा संकलन गरिरहेको अवस्थामा ६ वटा बालामा रहेको उक्त सुन सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया