काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालभरि थप १,९१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख चार हजार नाघेको छ।
अहिलेसम्म नेपालमा १,११८९ सङ्क्रमितको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिले थप २,३४९ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले पुष्टि भएका ३८,४६१ जना सक्रिय सङ्क्रमित छन्। अहिलेसम्म १,६४,५९२ जना निको भएको सरकारी तथ्याङ्क छ।
प्रतिक्रिया