नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम साढे ४ अर्बभन्दा बढी

५ बर्ष अगाडि

काठमाडौं ,नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १०.८२ विन्दुले वृद्धि भई  १७१८.४९ मा पुगेको छ । 

यस्तै, सेन्सेटिभ परिसूचक ३.२७ अंकले बढेर ३३८.८९ मा पुगेको हो । कूल १९८ कम्पनीको एक करोड ३८  लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर भने ओरालो लागेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया