निर्मला हत्याकाण्ड: न्याय माग्दै सिंहदरबार अगाडि प्रदर्शन

७ बर्ष अगाडि

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई काबारहीको लागि दवाव दिन बिहिबार सिंहदरबार अगाडि धर्ना दिइएको छ । 
‘निर्मलाको निम्ति न्याय’ अभियानका अभियन्ताहरुले सिंहदबारको दक्षिण गेटअगाडि धर्ना दिएका हुन् । 
धर्नाका क्रममा उनीहरुले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न भूमिका खेलेकाले कारबाही गर्न माग गरेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल  र प्रहरी प्रमुख सर्वेन्द्र खनालको  पनि राजीनामा माग गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया