काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । साथै, बोनस शेयरमा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने कम्पनीको भनाइ छ ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपनि शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया