काठमाडौं – नेपाली धितोपत्र बजारमा हालसम्मकै ठुलो अर्थात् ८ अर्ब रुपैयाँको आईपीओ जारी गर्न लागेको नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु. १८ करोड १ लाख १३ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा भने कम हो । गत आवको सोही अवधीमा २० करोड ५७ लाख ७ हजार खुद नाफा कमाएको थियो ।
बिभिन्न आयोजनाहरुमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएको यस बैंकले बिभिन्न आयोजाहरुमा लगानी गर्दै आएको छ । साथै, कर्जा पनि प्रवाह गदै आएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा २८ करोड ९५ लाख ७९ हजार व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आईपीओ जारी भएपछि बैंकको चुक्तापुँजी २० अर्ब पुग्नेछ ।
प्रतिक्रिया