नेशनल माइक्रोफाइनान्सको नाफामा झिनो मात्रामा घट्यो, प्रतिशेयर आम्दानी भने ६०.७१ रुपैयाँ

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्थाले रु. ४ करोड ८ लाख ६० हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको झिनो रुपमा कम हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ४ करोड २० लाख खुद नाफा कमाएको थियो ।  
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ७१ करोड ७९ लाख ९६ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. ५ अर्ब १५ करोड ५४ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १५ करोड ९२ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ८ करोड ६७ लाख ९ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. २६ करोड ४० लाख ४५ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २५ करोड ३५ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ६०.७३ रुपैयाँ रहेका छ । यस्तै, मुल्य आम्दानी अनुपात २४.९५, प्रतिशेयर नेटवर्थ रु. १९६.०४, प्रतिशेयर कुल सम्पत्तिको मुल्य २३६८.३३, तरलता अनुपात १८.७० प्रतिशत रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया