काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु. ३ करोड ५ लाख ४० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २ करोड २ लाख १४ हजार खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले चालु आवको ३ महिनामा रु. २६ करोड ९१ लाख १९ हजार कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधीमा कम्पनीले रु. २५ करोड ७१ लाख खुद नाफा कमाएको छ ।
यस्तै, कम्पनीले समिक्षा अवधीमा २५ हजार ८७१ ओटा बीमालेख जारी गरेको छ । यस्तै, ७ हजार ७६१ ओटा पुराना बीमालेख नविकरण गरेको वित्तिय विवरणमा उल्लेख छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा २८ करोड ९८ लाख जम्मा गरेको छ । बीमा कोषमा भने ३४ करोड रुपैयाँ भन्दा बढी पैसा रहेको छ ।
कम्पनीले दिर्घकालिन रुपमा ३३ करोड ३८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, अल्प कालिन रुपमा १ अर्ब २५ करोड ५१ लाख लगानी गरेको देखिन्छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ११.१५, प्रतिशेयर नेटवर्थ १५१.६५, मुल्य आम्दानी अनुपात ४६ र प्रति शेयर कुल सम्पत्तिको मुल्य २१४.८८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया