केही समयअघि आईपीओ ल्याएको एनआरएन इन्फ्रास्टक्चरले कति कमायो नाफा ?

५ बर्ष अगाडि

काठमाडौं – केही समय अघि आईपीओ बिक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आवको पहिलो त्रैमासमा ३४ लाख ९४ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गतआवको भन्दा बढी हो । गत आवको समिक्षा अवधीमा कम्पनीले रु. २१ लाख २९ हजार खुद नाफा कमाएको थियो । 
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । 
वित्तिय विवरण हाल कम्पनीको इन्भेष्टमेन्ट आम्दानी शुन्य रहेको छ । कम्पनीले अहिले फाइनान्स आम्दानी बापत ६७ लाख ९ हजार मात्र नाफा कमाएको छ । कम्पनीको प्रशासन, कर्मचारी लगायतका खर्च ऋणात्मक रहेको छ । 
हाल कम्पनीको प्रति शेयर आम्दानी रु. १.२३, मुल्य आम्दानी अनुपात २८३.६६, प्रतिशेयर नेटवर्थ १०२.९९, प्रतिशेयर सम्पत्तिको मुल्य १०३, तरलता अनुपात १६६.६३ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया