साल्ट ट्रेडिङको शेयर कारोबार आज पनि सकरात्मक सर्किट लभेलमा

५ बर्ष अगाडि

काठमाडौं – साल्ट ट्रेडिङ कर्पाेरेशन (एसटीसी) को शेयर मुल्यमा आज पनि सकरात्मक सर्किट नै लागेको छ । हिजो पनि उक्त कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लागेको थियो । आज पनि उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको हो । त्योअनुसार आज पनि कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भएको छ । 

हिजो उक्त कम्पनीको शेयर मुल्य ५ हजार ४४५ रुपैयाँ थियो । आज त्यो ५४४  अंकले बढेर ५ हजार ९८९ रुपैयाँमा पुगेको छ । आज ५ हजार ५५३ रुपैयाँमा यस कम्पनीको शेयर कारोबार खुलेको थियो । 
नेपाल स्टक एक्सचेन्जको मार्केट डेप्थ अनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने लगानीकर्ता कोही आएका छैनन् । 
पछिल्लो समय साल्ट ट्रेडिङ कम्पनीको शेयर तर्फ आम लगानीकर्ताको आर्कषण कायम देखिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया