‘यल्लो फिभर भ्याक्सिन’ को नाममा मोटो रकम उठाउँदै निजी अस्पताल, सरकारी निकाय बेखबर

७ बर्ष अगाडि


काठमाडौँ । काठमाडौँ उपत्यका र उपत्यका बाहिरका केही अस्पतलालले मानव शरिरलाई प्रयोगशाला बनाइरहेको पाइएको छ ।

अनाधिकृत रुपमा मानव शरिरलाई प्रयोगशाला बनाएर उनीहरुले स्वाथ्यमा समेत जोखिम बढाइरहेको पाइएको हो । सरकारी अस्पतालमा मात्रै लगाउन पाइने ‘यल्लो फिभर भ्याक्सिन’ निजी अस्पतालले अनाधिकृत रुपमा लगाइरहेको पाइएको छ ।

उनीहरुले त्यसको साइड इफेक्टको समेत ख्याद नगरी त्यस्तो भ्याक्सिन लगाइरहेको पाइएको हो । तर नागरिकको स्वास्थ्यको जिम्मा लिएको स्वास्थ्य सेवा विभागले भने निजी अस्पतालले मानव शरिरलाई प्रयोगशाला बनाइरहँदा समेत चुपचाप बसीरहेको छ ।

उसले निजी अस्पताललाई कानुनी दायरामा ल्याउन समेत सकेको छैन । अनाधिकृत रुपमा लगाइने त्यस्ता भ्याक्सिनले पार्ने प्रभावका बारेमा समेत विभागले कुनै जानकारी दिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत यल्लो फिभर भ्याक्सिनको बारेमा कुनै जानकारी नराखेको र उनीहरुले निजी अस्पताललाई मनलाग्दी रुपमा त्यस्तो भ्यास्किन नलगाउन समेत सचेत समेत गराएको छैन ।

धेरैलाई थाहा नहुन सक्छ, अफ्रिका तथा ल्याटिन अमेरिकाको यात्रामा यल्लो फिभर भ्याक्सिन लगाएको पहेंलो कार्ड अनिवार्य बोक्नुपर्छ ।

 अन्यथा विमानस्थलबाटै फर्किनु पर्छ । यस्तो कार्ड शु्क्रराज अस्पताल र राष्ट्रिय प्रयोगशालामा भ्याक्सिन लगाएपछि मात्रै पाइन्छ । तर निजी अस्पतालले अनधिकृतरुपमा यो भ्याक्सिन विक्रिवितरण गरिरहेका छन् । यो सरासर गैरकानुनी काम हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सो बारेमा जानकारी गराइएको भएपनि उनले कुनै सुनुवाई नगरेको बताइन्छ ।

अफ्रिका तथा ल्याटिन अमेरिकामा लामखुट्टेको टोकाइबाट  यल्लो फिभर सर्ने अधिक सम्भावना रहेका कारण यो विरुद्धको भ्याक्सिन त्यहाँको यात्रा गर्ने जो कोहीलाई अनिवार्य गरिएको  छ ।

त्यहाँको यात्रामा रहेका नेपालीले भिसासँगै  यल्लो फिभर भ्याक्सिन लगाएको पहेंलो प्रमाणपत्र एयरपोर्टमा देखाउनु पर्छ । भ्याक्सिन नलगाउनेलाई अध्यागमनले  फर्काइदिन्छ ।

सरकारले यल्लो फिभर भ्याक्सिन लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  र  राष्ट्रिय प्रयोगशालालाई अनुमति दिएको छ । निजी अस्पताल कोही कसैलाई पनि आजसम्म अनुमति दिएको छैन । तर मोटो रकम लिएर निजी अस्पतालले पनि यल्लो फिभर भ्याक्सिन लगाइरहेका छन् । निजी अस्पतालमा सो भ्याक्सिन सहजै पाइदैन तर  यता निजी अस्पतालले भने मान्यता नै नलिइ भ्याक्सिन उपलब्ध गराइरहेका छन् ।

भ्याक्सिन लगाएपनि निजी अस्पतालबाट पहेंलो प्रमाणपत्र नपाइने भएकाले अफ्रिका तथा ल्याटिन अमेरिकाको यात्रामा निस्कनेहरुले मान्यताप्राप्त संस्थाको विकल्प नखोज्न आग्रह गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो पटक ल्याटिन अमेरिका जान लागेका केही यात्रुको साथमा सो भ्याक्सिन लगाएको कागजपत्र नपाइएपछि सो कुराको खुलासा भएको हो ।

अध्यनगमन विभागका एक अधिकारीकाअनुसार हतार हतार निजी अस्पतालमा पुगेर साइड इफेक्टको बारेमा जानकारी नै नलिई भ्याक्सिन लगाएको यात्रुले बताएका छन् ।

निजी अस्पतालले भ्याक्सिन लगाएको प्रमाणपत्र समेत दिएका छैनन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  र  राष्ट्रिय प्रयोगशालामा मात्रै उक्त लाङखुट्टे प्रतिरोध भ्याक्सिन पाइने भएकाले अन्यत्र त्यस्तो भ्याक्सिन नलगाउन समेत सरकारले नागरिकलाई जानकारी दिनुपर्नेमा हालसम्म त्यस्तो हुन नसकेका कारण नेपालीले ल्याटिन अमेरिकी मुलुकमा थप दुःख पाउने भएका छन् ।

अध्यागमनका ती अधिकारीकाअनुसार स्वास्थ्य मन्त्रालयको बदमासीका कारण नेपाली नागरिकले दुःख पाउने, विमानस्थलबाटै पक्र्राउने अवस्था रहेपनि निजी अस्पतालले मानव शरिरलाई प्रयोगशाला बनाइरहेको विषयमा कुनै चासो नराखेकामा आपत्ति जनाएका छन् ।

अध्यागमनका अधिकारीले सो बारेको सूचना गृह मन्त्रालयलाई समेत दिइसकेका छन् । अनाधिकृत रुपमा निजी अस्पतालमा भ्याक्सिन लगाएपनि प्रमाणपत्र बेगर जानु भनेको नेपालीले थप हैरानी र दूmख पाउनु भएको भन्दै आफूहरुले गृह मन्त्रालयलाई जानकारी गराएको ती अधिकारीको भनाइ छ ।

निजी अस्पताल भन्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  र  राष्ट्रिय प्रयोगशालामा गएर त्यस्तो भ्याक्सिन लगाउन समेत आग्रह गरिएको अध्यागमनका अधिकारीले बताए । तर यस बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

स्वास्थ्य सेवा विभागका अधिकारीले भने सो भ्याक्सिनका बारेमा चाहेजति जनचेतना फैलाउन नसकिएको स्वीकार गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया