चालु आवको पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकको खुद नाफा ४०.५९ प्रतिशतले बढेको छ ।
यस अघिको वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा ७३ करोड ३१ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड नाफा कमाएको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ छ भने बैंकको निक्षेप संकलन ५।६२ प्रतिशतले बढेर २ खर्ब २४ अर्ब पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ३.३५ प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढेर २ अर्ब ५९ करोड पुगेको छ ।
१८ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ११ अर्ब ११ करोड रहेको छ ।
प्रतिक्रिया