प्रभु बैंकको नाफा ३५ प्रतिशतले बढ्यो

५ बर्ष अगाडि

प्रभु बैंकले चालु आवको पहिलो त्रैमासमा  खुद नाफा ३५.२७ प्रतिशतले बढेको छ । 

बैंकको यस अघिको आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ६२ करोड ८४ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८५ करोड नाफा कमाएको हो ।

त्यस्तै, यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ छ भने बैंकको निक्षेप संकलन ३.५४ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६।७५ प्रतिशतले बढेर १ खर्ब १६ र्ब पुगेको छ । 

त्यस्तै बैंकको खुद ब्याज आम्दानी २०।४१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया