२५ करोड बक्यौता नतिरी भाग्ने तयारीमा एयर एशिया , सरकारी निकाय लाचार

७ बर्ष अगाडि

काठमाडौं । सरकारी निकायको लाचारीका कारण मलेसियन वायु सेवा प्रदायक एयर एशिया रु २५ करोड बक्यौता नपिरी भाग्ने तयारी गरेको छ ।

नेपालमा  उडान गरिरहेको मलेसियाको विमान सेवा प्रदायक कम्पनी एयर एसियाले २५ करोड रुपैयाँ तिर्न आनाकानी गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तर विमानस्थल कार्यालय नै उक्त बक्यौता रकम उठाउन अटेर गर्दै आएको छ ।

विमानस्थल सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत बक्यौता उठाउन चासो दिएको छैन । जसका कारण सो विमान कम्पन ियही २६ गतेदेखि काठमाडौँ उडान नगर्ने भन्दै घोषणा गरेको छ ।

नेपाली कामदारलाई लक्षित गरेर सो विमान कम्पनीले गत ६ वर्ष पहिलेदेखि काठमाडौं – क्लालम्पुर उडान गर्दै आएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डले पटक पटक बक्यौता रकम तिर्न आग्रह गरेपनि एयर एसियाले अटेर गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार सो विमान कम्पनलिे विगतमा बक्यौता रहेको २२ करोड रुपैयाँ तिरेपनि अरु रकम तिर्न बाँकी रहेको छ ।

विसं २०६९ देखि २०७४ सम्मको सञ्चार तथा उड्डयन सहायक सेवा, विमानस्थल विकास शुल्क, अवतरण तथा पार्किङ शुल्क तिर्न बाँकी रहेको छ । विमानमा आउने प्रत्येक विदेशी नागरिकले नेपाल पर्यटन बोर्डलाई  १ हजारका दरले रकम तिर्नु पर्दछ । पर्यटक शुल्क समेत तिर्न अटेर गर्दै आएको छ । बोर्डलाई विमान कम्पनीले ७ करोड ६६ लाख तिर्न बाँकी रहेको छ ।

पर्यटन व्यवसायी हरिमान लामाको जीएस इन्सेटिभ ग्रुंप अफ कम्पनीका कारण समस्या आएको बताइएको छ । सो कम्पनीका सञ्चालकहरुबीच विवाद बढेपछि समस्या आएको हो ।

सो कम्पनीका प्रमुख लामा विगत केही समयदेखि बेपत्ता छन् ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बक्यौता रकम नतिरे जहाज काठमडाौँमा नै रोकिदिने सन्देश समेत एयर एशिायाको मुख्यालय मलेसियामा पठाएका छन् । ३७७ जना याुत्र बोक्ने जहाज उडाउँदै आएको एयर एशियाले कामदार कमी आएको भन्दै काठमाडौँ उडान तत्कालका लागि स्थगन गर्न लागेको दावी गरेको छ ।

विमानस्थलले भने शुत्रबारसम्म बक्यौता रकम तिर्न एयर एसियालाई भनेको छ । सो अवधि भित्र पनि ब्यौता रकम नतिरे जहाज काठमाडौँमा नै राखिदिने चेतावनी समेत दिइएको छ ।  

७ बर्ष अगाडि

प्रतिक्रिया