१७०० को विन्दुबाट माथि उक्लीयो शेयर बजारमा, कुन क्षेत्रका शेयरधनीले बढी कमाए ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसुचक आज १७०० को विन्दु भन्दा माथि पुगेको छ । आज नेप्से २८ दशमलव ८९ अंक बढेर १७०७ दशमलव ६७ विन्दुमा पुगेको छ । 
आज नेप्से १६८१.८३ विन्दुबाट खुल्ला भएको थियो । 
यस्तै, आज रु.  ४ अर्ब ९ करोड ९६ लाख बरारबको शेयर कारोबार भएको नेप्सले जनाएको छ । यस्तै, आज  १९५ ओटा कम्पनीको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयरको ३६ हजार ८९३ पटक कारोबार भएको छ । 

आज नेपाल दुरसञ्चारको सबैभन्दा बढीको कारोबार भएको छ । नेपाल टेलीकमको २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 
आज व्यापारिक समुहका शेयरधनीहरुले बढी पैसा कमाएका छन् । आज व्यापारिक समुहको परिसुचक ९.९९ प्रतिशतले बढेको छ । जसअनुसार त्यस क्षेत्रका लगानीकर्ताले बढी पैसा कमाएको देखिन्छ । यस्तै, आज  बैंकिङको १.१५, होटलको २.५३, विकास बैंकको ०.४, जलविद्युतको ०.३, निर्जीवन बीमाको ४.०२, उत्पादन तथा प्रशोधनको ६.२१ र अन्यको ४.१२, लघुवित्तको ०.२६, जीवन बीमाको ०.०७ र  म्युचुअल फण्डको ४.९८ प्रतिशत परिसूचक बढेको नेप्सेको भनाइ छ ।
तर, आज वित्त समुहको परिसूचक भने ३३ प्रतिशतले घटेको छ । यस्तै, आजको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया