साल्ट ट्रेडिङको शेयर मुल्यमा सकरात्मक सर्किट, कतिमा हुदैंछ कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं – साल्ट ट्रेडिङ कर्पाेरेशन (एसटीसी) को शेयर मुल्यमा आज सकरात्मक सर्किट नै लागेको छ । हिजो पनि उक्त कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभेलमा भएको थियो । आज त उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट नै लागेको हो ।

हिजो उक्त कम्पनीको शेयर मुल्य ४ हजार ९५० रुपैयाँ थियो । आज त्यो १० प्रतिशत अर्थात् ४९५ अंकले बढेर ५ हजार ४४५ रुपैयाँमा पुगेको छ । आज ५ हजार ४९ रुपैयाँमा यस कम्पनीको शेयर कारोबार खुलेको थियो । 
नेपाल स्टक एक्सचेन्जको मार्केट डेप्थ अनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने लगानीकर्ता कोही आएका छैनन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया