महिला लघुवित्तको नाफा २ करोड नजिक, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा महिला लघुवित्त वित्तिय संस्थाले रू. १ करोड ९८ लाख ८५ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको तुलनामा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ५४ लाख ६१ हजार खुद नाफा कमाएको थियो ।  
समिक्षा अवधीसम्म कम्पनीले रु. ७२ करोड २७ लाख ७५ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले रु. २ अर्ब २४ करोड ४९ लाख कर्जा प्रवाह गरेको छ ।
 प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ७ करोड ४१ लाख ११ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ४ करोड ७ लाख ९७ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ६ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा भने रु. १४ करोड ७७ लाख भन्दा बढी रकम जम्मा गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया