युनिक लघुवित्तको नाफामा भारी गिरावट, निष्क्रीय कर्जा पनि बढ्यो, सञ्चालन मुनाफा पनि ऋणात्मक

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा युनिक लघुवित्त वित्तिय संस्थाले रू. ८२ लाख २० हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको ह्वात्तै कम हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २ करोड ५३ लाख ५१ हजार खुद नाफा कमाएको थियो । तर, चालु आवको समिक्षा अवधीका कम्पनीको नाफा अन्यत्न न्यून रहेको छ । 
बिशेषगरि समिक्षा अवधीको कम्पनीको सञ्चालन मुनाफा ३ करोड २० लाख रुपैयाँले घाटामा रहेको छ । फलस्वरुप कम्पनीको नाफा घटेको देखिन्छ । 
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ८४ करोड ८९ लाख १० हजार हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले रु. २ अर्ब ६१ करोड ५५ लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १० करोड ९६ लाख २८ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ६ करोड २ लाख ३१ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ९ करोड ६८ लाख भन्दा बढी रहेको छ । कम्पनीले आफ्नो जगेडामा भने रु. १३ करोड १६ लाख भन्दा बढी रकम जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २१.७४ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ४२.०२, प्रतिशेयर नेटवर्थ रु. १३७.८०, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १३४१.८८ रहेको छ ।
कम्पनीको निष्क्रीय कर्जा पनि बढेको छ । गत आवको समिक्षा अवधीको कम्पनीको निष्क्रीय कर्जा १.६२ प्रतिशत थियो । तर, अहिले त्यो ५.६२ प्रतिशत पुगेको छ । साथै, कम्पनीले सबै निष्क्रीय कर्जालाई प्रोभजनीङ  गरेको छ । फलस्वरुप पनि नाफामा असर पुगेको देखिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया