काठमाडौं – हिजो मात्र ह्वात्तै घटेको सुनको मुल्य आज भने बढेको छ । आज सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको तोलामा ३४०० रुपैयाँले घटेर प्रतितोला रु. ९४ हजार ८०० रुपैयाँ पुगेको थियो । आज त्यो १०० ले बढेर प्रतितोला रु. ९४ हजार ९०० पुगेको छ ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९४ हजार ४०० रहेको छ ।
यसैगरि चाँदीको मुल्य पनि ५ रूपैयाँले बढेको छ । हिजो १२१५ रुपैयाँ रहेको चाँदीको मुल्य आज १२२० पुगेको महासंघको भनाइ छ ।
प्रतिक्रिया