काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मिर्मिरे लघुवित्त वित्तिय संस्थाले रू. २ करोड १७ लाख ३७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको झिनो मात्रामा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २ करोड १३ लाख ६८ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ५६ करोड ८ लाख १० हजार हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले रु. ४ अर्ब ६५ करोड ३० लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १२ करोड २२ लाख ६ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ६ करोड १८ लाख २२ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ४० करोड २३ लाख भन्दा बढी रहेको छ । कम्पनीले आफ्नो जगेडामा भने रु. १५ करोड २० लाख भन्दा बढी रकम जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २१.७४ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ४२.०२, प्रतिशेयर नेटवर्थ रु. १३७.८०, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १३४१.८८ रहेको छ ।
प्रतिक्रिया