काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले रू. १९ करोड ८० लाख ९३ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ९ करोड ५८ लाख ८१ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ५ अर्ब २५ करोड ३६ लाख ८८ हजार हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले रु. १२ अर्ब ८४ करोड ४० लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ५६ करोड ४४ लाख ३१ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ३६ करोड ३५ लाख ५ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब भन्दा बढी रहेको छ । कम्पनीले आफ्नो जगेडामा पनि रु. १ अर्ब भन्दा बढी रकम जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ७८.८१ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात १०.७७, प्रतिशेयर नेटवर्थ रु. २०७.७९, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १३७४.०३, तरलता अनुपात ४.९० प्रतिशत रहेको छ । यस्तै, प्रति शेयर बजार मुल्य रु. ८४९ रहेको छ ।
प्रतिक्रिया