काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा स्पर्स लघुवित्त वित्तिय संस्थाले रू. २२ लाख ५८ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको कम हो हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ५५ लाख ७ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. २३ करोड ९९ लाख ५८ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले रु. १ अर्ब ११ करोड ७८ लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ३ करोड २४ लाख ७२ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १ करोड ४३ लाख १४ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ९ करोड ३७ लाख ४८ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ५ करोड ५९ लाख ३९ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ९.६३ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात १००.९३, प्रतिशेयर नेटवर्थ रु. १५१.६७, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १२७३.१२, तरलता अनुपात १२.५३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया