सुर्या लाइफले कमायो १० करोड नाफा, बीमाशुल्क संकलन ८५ करोड भन्दा बढी

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सुर्या लाइफ इन्स्योरेन्सले रु. १० करोड १६ लाख १० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ७ करोड ८७ लाख ९३ हजार खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको पहिलो त्रैमासमा रु. ८५ करोड ४ लाख १५ हजार कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधीको भन्दा पनि बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ५८ करोड ७४ लाख कुल बीमाशुल्क संकलन गरेको थियो । 
अहिले कम्पनीको चुक्तापुँजी रु. २ अर्ब १५ करोड रहेको थियो । कम्पनीले आफ्नो जगेडामा रु. ७६ करोड र जीवन बीमा कोषमा रु. ८ अर्ब ७ करोड ४६ लाख रुपैयाँ राखेको छ ।  यी यस्ता कोषमा भएको रकम अनुसार हाल कम्पनीसँगको कुल श्रोत रु. ११ अर्ब भन्दा बढी छ । 
त्यसमा कम्पनीले दिर्घकालिन रुपमा रु. ७ अर्ब १९ करोड लगानी गरेको छ । अल्पकालिन रुपमा रु. २ अर्ब ४० करोड लगानी भएको कम्पनीको भनाइ छ । यसैगरि बीमालेख धितोमा बीमितलाई रु. ९५ करोड ९४ लाख २२ हजार कर्जा प्रवाह भएको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १८.८६ रुपैयाँ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपात ३१.९२, प्रति शेयर नेटवर्थ १३२.७८, प्रति शेयर कुल सम्पत्तिको मुल्य ५४५.८२ रुपैयाँ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया