यस्तो निर्णय गर्याे प्रतिनिधि सभाको पहिलो बैठकले

७ बर्ष अगाडि

प्रतिनिधि सभाको पहिलो बैठक सोमबार नयावानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको छ । 
पहिलो बैठकले प्रतिनिधिसभा बैठक संञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ । 
साथै सोही अन्तरिम कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितमा सभाको अध्यक्षता गर्नका लागि खगराज अधिकारी, मान बहादुर विश्वकर्मा , पुर्ण कुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगडियाको नामलाई अनुमोदन गरेको छ । त्यसअघि बैठकको सुरुमा नै सभामुख महन्थ ठाकुरले संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ भएको जानकारी गराउदै अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए । 
 संविधानको धारा ९३ को उपधारा १ मा पहिलो बैठकको आव्हान राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
नेपालको संविधानको धारा ७६को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननिय सदस्य केपी ओलीलाई फागुन ३ गते नियुक्त गरेको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामुखले बैठकमा पढेर सुनाएका थिए । 
अर्को बैठक भोली मंगलबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया