काठमाडौं – समृद्धि फाइनान्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु. ४७ लाख ४५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
उक्त कम्पनी गत आवको सोही अवधीमा भने रु. १० लाख ११ हजारले घाटामा थियो । तर, अहिले कम्पनी नाफामा आएको वित्तिय विवरणले देखाएको छ । कम्पनीको वितरण योग्य नाफा भने ३६ लाख ८० हजार रहेको छ ।
समिक्षा अवधीसम्म कम्पनीले रु. २४ करोड ८५ लाख १२ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले रु. ६ करोड ६७ लाख ३२ हजार मात्र प्रवाह गरेको छ । त्यो अनुसार कम्पनीको निक्षेप भन्दा कर्जा प्रवाह अत्यन्तै न्यून रहेको छ । यस्तै, शेयरमा ४ करोड ४० लाख लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. २० लाख व्याज आम्दानी गरेको छ । तर, कम्पनीको व्याज खर्च भने ४७ लाख ३८ हजार रहेको छ । निक्षेप अनुसार कर्जा प्रवाह नहुदाँ कम्पनीको व्याज खर्च बढेको देखिन्छ । फलस्वरुप समिक्षा अवधीमा कम्पनीको व्याज आम्दानी २७ लाख ३५ हजारले घाटामा रहेको छ । सञ्चालन मुनाफा, लगायतका आम्दानीले मात्र कम्पनी नाफामा आएको देखिन्छ । कम्पनीको अपरेटिङ आम्दानी लगायतका परिसुचक घाटामा रहेको छ ।
यस्तै, कम्पनीको निष्क्रीय कर्जा ६३.३ प्रतिशत झरेको छ । गत आवको समिक्षा अवधीमा खराव कर्जा १०० प्रतिशत थियो । कम्पनीले निष्क्रीय कर्जा अन्तरगतका सबै कर्जालाई प्रोभिजनीङ गरेको पाइन्छ ।
वित्तिय विवरणअनुसार कम्पनीको अधिकांश सुचक नकरात्मक रहेका छन् तर, त्यसका बाबजुत पनि कम्पनीले समिक्षा अवधीमा नाफा कमाएको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १८ करोड १९ लाख ८० हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २१ करोड ९८ लाख ९८ हजार रकम जम्मा गरेको छ ।
प्रतिक्रिया