काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बिजय वित्तिय संस्थाले रू. १ करोड ७६ लाख ४५ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको कम हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २ करोड २५ लाख खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ८६ करोड ८५ लाख ९८ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले रु. ३ अर्ब ७६ करोड ८९ लाख ६२ हजार प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १३ करोड ३१ लाख ४० हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ६ करोड ५८ लाख ८४ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. २२ करोड ४० लाख ३१ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १२ करोड ४२ लाख ७५ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ३१.५ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात २८.८९, प्रतिशेयर नेटवर्थ रु. १५५.४७, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १८३०.४४, तरलता अनुपात ७.२७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया