आरएसडिसी लघवित्तको नाफा ३ करोड नजिक, प्रति शेयर आम्दानी १६.७५ मात्र

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आरएसडिसी वित्तिय संस्थाले रु. २ करोड ८१ लाख २७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २ करोड २८ लाख १५ हजार खुद नाफा कमाएको थियो ।  
समिक्षा अवधीसम्म कम्पनीले रु. २ अर्ब ६७ करोड ९५ लाख ७४ हजार प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ७ करोड ८६ लाख २९ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ३ करोड ९१ लाख ४३ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ६७ करोड १५ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १७ करोड ५३ लाख ७१ हजार जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १६.७५ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ३२.४१, प्रतिशेयर नेटवर्थ रु. १२६.१२, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १३१.८१, तरलता अनुपात २२.२५ प्रतिशत रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया