काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा महुली लघुवित्त वित्तिय संस्थाले रु. १ करोड ५ लाख ४७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ८३ लाख १२ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब १४ करोड २७ लाख ७७ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. २ अर्ब ४१ करोड ६७ लाख ४३ हजार प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ९ करोड ४५ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ४ करोड ५२ लाख ६७ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १२ करोड २४ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २० करोड ५३ लाख १४ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ३४.४७ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात २५.९६, प्रतिशेयर नेटवर्थ रु. २६७.७४, प्रतिशेयर कुल सम्पत्तिको मुल्य २१५१.५०, तरलता अनुपात १८.९० प्रतिशत रहेको छ ।
प्रतिक्रिया