सुर्याेदय लघुवित्तको नाफा घट्यो, कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सुर्योदय लघुवित्त वित्तिय संस्थाले रु. १ करोड १८ लाख २७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको कम हो । गत आवको सोही अवधीमा कम्पनीले रु. १ करोड ४१ लाख ८० हजार खुद नाफा कमाएको थियो ।  
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब २० करोड ७५ लाख १३ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. २ अर्ब ७८ करोड १३ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १० करोड ६० लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ५ करोड ७८ लाख ९२ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. २१ करोड ५० लाख ४२ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १२ करोड ८१ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २२.०० रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ४१.९१, प्रतिशेयर नेटवर्थ रु. १५९.५७, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १५९४.१३, तरलता अनुपात १६.०६ प्रतिशत रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया