काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एनएमबी लघुवित्त वित्तिय संस्थाले रु. ३ करोड १२ लाख ४७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. १ करोड ५२ लाख ८६ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ६१ करोड ४४ लाख ६७ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. ४ अर्ब ४७ करोड ९४ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १३ करोड ९९ लाख २२ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ७ करोड ९३ लाख ७१ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ४५ करोड ३६ लाख १८ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ३० करोड ३२ लाख जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २७.५५ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात २८.७१, प्रतिशेयर नेटवर्थ रु. १६६.८५, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १०५२.१५, तरलता अनुपात ११.१० प्रतिशत रहेको छ ।
प्रतिक्रिया