चालु आवको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ९७२ प्रतिशतले बढेको छ ।
यो त्रैमासमा बैंकले १ करोड ८६ करोड खुद नाफा कमाएको हो । बैंकले यस अवधिसम्ममा २० करोड ९ लाख ६३ हजार गैर संचालन आम्दानी गरेको छ ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५१.६६ प्रतिशतले बढेर ३८ करोड १५ लाख पुगेको छ भने संचालन मुनाफा ८ करोड ३९ लाख रहेको छ । यस अवधिसम्ममा बैंकको निक्षेप १५.११ प्रतिशतले बढेर ३६ अर्ब ७२ करोड पुगेको छ भने कर्जा प्रवाह १५.३४ प्रतिशतले बढेर २९ अर्ब ९२ करोड पुगेको छ ।
प्रतिक्रिया