काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले ट्रेडिङ म्यानेजमेण्ट सिष्टम (टिएमएस) लाई प्रभावकारी बनाउन शेयर ब्रोकरहरुलाई निर्देशन दिएका छन् । आइतबार स्कट ब्रोकर एसोसिएसनको नयाँ कार्य समितिसँगको भेटवार्तामा उनले यस्तो निदेशन दिएका हुन् । साथै, टिएमएसमा बैंक इन्टिग्रेशनको काम छिट्टै सक्नुपर्ने उनको भनाइ छ ।
यसका अलावा ब्रोकरहरुले अन्तराष्ट्रिय स्तरको लगानीमैत्री बजार बनाउन सहयोग खेल्नुपर्ने उनको भनाइ छ । यस्तै, उनले ब्रोकर कमिसनको बिषयमा बोर्डमा छलफल भएको पनि बताएका थिए । त्यसको अन्तिम रुप दिने बिषयमा काम भइरहेको उनको भनाइ छ ।
यस्तै, उनले शेयर बजारको तरलता प्रदान गर्न मार्जिन कारोबारलाई औजरको रुपमा विस्तार गर्नुपर्ने बताए । साथै, दोस्रो बजारको पहुँच विस्तार गर्न पनि ब्रोकरले भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
सोही सन्दर्भमा एशोसिएसनका अध्यक्ष सन्तोपा मैनालीले टिएमएस र त्यसमा हुने जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई व्यवस्थित बनाउनुपर्ने बताए । साथै, दोस्रो बजारको सेवालाई थप प्रभावकारी बनाउन एसोसिएसनले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ । यसका अलावा शेयर बजारको विकासका लागि बोर्डले अभिभावकको रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
गत शुक्रबार मात्र एसोसिएसनले नयाँ कार्यसमिति चयन गरेको थियो । मैनालीको नेतृत्वमा रहेको उक्त समितिले आइतबार नै बोर्डका अध्यक्षसँग भेटवार्ता गरेको थियो ।
प्रतिक्रिया