सोमबार नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम साढे ३ अर्बभन्दा बढी

५ बर्ष अगाडि

नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ४.२२ विन्दुले वृद्धि भई  १६५२.८० मा पुगेको छ । 

यस्तै, सेन्सेटिभ परिसूचक ०.६१ अंकले घटेर ३२५.३३ मा पुगेको हो । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर रु तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ उपसमूहको शेयर ओरालो लाग्दा ५ उपसमूहको शेयर भने उकालो लागेको छ । 

यस्तै,आज कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनीले ५५ करोड १ लाख ८१ ह्जार ४८५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया