कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

५ बर्ष अगाडि

कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ ।  सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए । मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।

 एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया