भन्सार छुटमा ल्याएका विद्युतीय गाडी भन्सार समेत जोडेर बेच्ने व्यक्ति उद्योग वाणीज्य महासँघमा उम्मेदवार

५ बर्ष अगाडि

सस्तो भन्सार तिरेर ल्याएका हुण्डाईका विद्युतीय गाडी अहिलेको भन्सार दर जोडेर चर्को मूल्यमा बेचेको खुलेको छ । हुण्डाई गाडीको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्ट प्रा.लि.ले नेपालमा विद्युतीय गाडीको भन्सार दर बढे अगाडी नै नेपाल भित्र्याएका गाडी अहिले चाडवार्डको अफर भन्दै १० लाख देखि २० लाख मुल्य बढाएर बिक्री गरेको खुलेको हो ।
 
चालू आर्थिक वर्षको बजेटमा सरकारले विद्युतीय गाडीको भन्सार बढाएको थियो ।  कम्पनीका एक कर्मचारीहरुका अनुसार पहिल्यै नेपाल भित्रीएका गाडी लकडाउनको कारण बिक्री भएका थिएनन् । त्यसपछि बजेटमा सरकारले भन्सार दर बढाएपछि कम्पनीका मालिक लकडाउन खुलेपछि सस्तोमा ल्याएका गाडी चर्को भन्सार दर जोडेर बिक्री गर्न पाउने भनेर हौसिए । तर अर्थमन्त्रीबाड डा. युवराज खतिवडा हटेपछि सरकारले फेरी विद्युतीय गाडिको भन्सार दर घटाउने निर्णय गरेको थियो । लक्ष्मीले चाडबाडको मौका समाएर महंगोमा गाडि बिक्री गरेका हुन् ।  

नेपालमा २० प्रतिशत भन्दा बढि नाफा लिएर गाडी बेच्न नेपालमा पाइदैन । तर, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ३०/४० प्रतिशत नाफा लिएर गाडी विक्री गरेको छ । स्टाफ खर्च, अफिसको भाडा देखि सबै खर्च गाडीमै जोडेर चर्को मुल्यमा गाडी बिक्री गरेको कर्मचारीहरुको भनाइ छ ।  

सो कम्पनीले पुरानै हुण्डाईको क्रेटा ९ऋच्भ्त्ब्० गाडी नयाँ भनेर लञ्च गरि १२ देखि १५ लाख बढाएर बिक्री गरेको भन्दै यातायात व्यवस्था विभागमा उजुरी समेत परेको छ । 

सो कम्पनीले गाडी विक्री गरेपछि दिइने सेवा र सुविधामा समेत ग्राहकलाई ठगी गर्दै आएको फेला परेको छ ।

गाडी किनेको ४/५ महिना पछि गाडीमा चर्को आवाज आउने इन्जिनबाट कालो धुवा आउने समस्या देखिएपछि साटेर नयाँगाडी दिएको हुण्डाई गाडी खरिदकर्ता एक पूर्व डिआईजीले बताए । ‘छोटो समयमै समस्या देखिएपछि हुण्डाईका गाडी त्यति उपयुक्त लागेन,’ नाम नबताउने शर्तमा उनले भने, ‘मैले त किनिहालेँ, अरुलाई नकिन्न आग्रह गरुँ ।’  

नयाँ गाडीमै समस्या देखिएपछि ग्यारेन्टी र वारेन्टी भएपनि समयमै सेवा नदिने फोन नउठाउने र ग्राहकलाई हैरान पार्ने काम गरेको ग्राहकको गुनासो छ ।  नाडाका पूर्व सभापति समेत रहेका कम्पनीका मालिक अञ्जन श्रेष्ठलाई यस अगाडी पनि हुण्डाईका गाडीमा लागत मुल्य भन्दा १०÷१२ लाख बढिमा गाडी विक्री गरेको आरोप लागेको थियो ।

आइन्दा यस्तो नगर्ने शर्तमा यातायात व्यवस्था विभागले उनीलाई माफी दिएको थियो । फेरि हुण्डाईले यस्तै व्यवहार गर्दै आएपछि यातायत व्यवस्था विभागमा उजुरी परेको छ । 

नेपालीहरुको महान चार्ड दशैं तिहार अफरको नाममा मंहगोमा गाडी विक्री गरि केही छुट दिएको देखाउदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल माथी कर छली गरेको उजुरी समेत कर कार्यालयमा पुगेको छ ।

ठगी धन्दामा संलग्न अञ्जन नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्ष उम्मेदवार समेत रहेका छन् । आफूले विद्युतीय गाडीमा चर्को कर लगायो भनेर राज्यको बिरोध गर्ने तर सरकारले कर घटाउँदा पनि त्यही बाहनामा ग्राहक लुट्ने श्रेष्ठ माथी राज्यले कर छलीमा अब छानवीन गर्नुपर्ने आवज उठेको छ ।

हुण्डाई गाडी विक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले गाडी बिक्री भएपछि समस्या आए फोन नउठाउने देखि ग्राहकलाई धम्की दिने काम समेत गर्दै आएको कारण हुण्डाई गाडी देखि होसियार । 

लक्ष्मीले गाडी किनेबापत दिने गरेको उपहार र पुरस्कार दिने आफ्नै नजिककालाई मात्र दिने गरेको पनि उनको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया