काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाले रु. १२ करोड ७७ लाख ७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको झिनो रुपमा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. १२ करोड २० लाख खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ९ अर्ब ६८ करोड ४३ लाख ९८ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. १५ अर्ब ४८ करोड ५८ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ५८ करोड ५९ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ३२ करोड ६७ लाख १४ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ७९ करोड २३ लाख ९९ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १ अर्ब ६८ करोड ६७ लाख जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ६४.४७ रुपैयाँ रहेका छ । यस्तै, मुल्य आम्दानी अनुपात २९.२५, प्रतिशेयर नेटवर्थ रु. ३१२.८७, प्रतिशेयर कुल सम्पत्तिको मुल्य २२१५, तरलता अनुपात ५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया