समता लघुवित्तले कमायो सवा १ करोड नाफा, तर सञ्चालन मुनाफा ८२ लाखले घाटामा

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा समता लघुवित्त वित्तिय संस्थाले रु. १ करोड ११ लाख ९० हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा करिब ३०० प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २८ लाख ३६ हजार खुद नाफा कमाएको थियो ।  
समिक्षा अवधीसम्म कम्पनीले रु. ६५ करोड ७६ लाख ८९ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. १ अर्ब ८३ करोड ३४ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ४ करोड ९७ लाख २० हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १ करोड ६९ लाख ८१  हजार रहेको छ । तर, कम्पनीको सञ्चालन मुनाफा . ८२ लाख ३८ हजारले नोक्सानीमा रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. २२ करोड ९३ लाख ४० हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १२ करोड ५१ लाख ६७ हजार जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २३.४२ रुपैयाँ रहेका छ । मुल्य आम्दानी अनुपात २८.१८, प्रतिशेयर नेटवर्थ रु. १८५.४९, तरलता अनुपात १०.१८ प्रतिशत रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया