बढ्यो इन्फीनिटी लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी पनि उत्साह जनक

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा इन्फीनिटी लघुवित्त वित्तिय संस्थाले रु. २ करोड १८ लाख ३ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. १ करोड ६१ लाख खुद नाफा कमाएको थियो ।  
समिक्षा अवधीसम्म कम्पनीले रु. ७२ करोड ४५ लाख २१ हजार खुद निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. २ अर्ब ७२ करोड ४३ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ७ करोड ५ लाख १५ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ३ करोड ३० लाख ४४ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. २२ करोड ८१ लाख ४० हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १२ करोड २४ लाख ६६ हजार जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ३८.२३ रुपैयाँ रहेका छ । मुल्य आम्दानी अनुपात २०.७०, प्रतिशेयर नेटवर्थ रु. १५३.६८, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १४५३.७३, तरलता अनुपात १८.६४ प्रतिशत र पुँजीकोष अनुपात ११.५७ प्रतिशत रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया