काठमाडौं – घोडीघोडा लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु ५ लाख ५८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको सोही अवधीमा कम्पनी रु. २४ लाख ८७ हजार रुपैयाँले घाटामा थियो । तर, चालु आवको समिक्षा अवधीमा कम्पनीले नाफा कमाउन सफल भएको छ ।
समिक्षा अवधीमा कम्पनीले रु. ४ करोड १० लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने ३३ करोड ५६ लाख ४५ हजार प्रवाह भएको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १ करोड २६ लाख २३ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ४६ लाख ४० हजार रहेको छ । .
हाल लघुवित्तको चुक्तापुँजी रु. २ करोड ७६ लाख २५ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १५ हजार रकम जम्मा गरेको छ ।
प्रतिक्रिया