काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एभेरष्ट बैंकको खुद नाफा घटेको छ । पहिलो त्रैमासमा उक्त बैंकको नाफा ५० प्रतिशत भन्दा बढीले घटेको हो ।
बैंकले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । बैंक गत आवको पहिलो त्रैमासमा रु. ६९ करोड ८ लाख ६८ हजार खुद नाफा कमाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा रु. ३३ करोड ४७ लाख ६४ हजार मात्र खुद नाफा कमाएको छ । त्यसमा पनि वितरणयोग्य नाफा भने रु. १३ करोड ५९ लाख मात्र रहेको छ ।
समिक्षा अवधीसम्म बैंकले रु. १ खर्ब ५६ अर्ब ५४ करोड ९५ लाख निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह तर्फ भने बैंकले रु. १ खर्ब १५ अर्ब भन्दा बढी प्रवाह गरको छ । बैंक तथा वित्तिय संस्थालाई थप ६ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको वित्तिय विवरणमा उल्लेख छ ।
प्रवाहित कर्जाबाट समिक्षा अवधीमा बैंकले ३ अर्ब १६ करोड ९८ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने १ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ८ अर्ब ५१ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा पनि ८ अर्ब रुपैयाँ बराबर रकम नै जम्मा गरेको छ । वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी रु. १५.८१ रहेको छ । यस्तै, तरलता अनुपात ३३.०८ प्रतिशत, पिई रेसिाये रु.४४.९७, प्रति शेयर नेटवर्थ २२३.३२, प्रति शेयर बजार मुल्य ७११ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया