एनएलजीको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको आ २०७५÷७६ को नाफाबाट दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आसन्न साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि बुक क्लोज गर्दैछ, त्यो अनुसार आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् । 
कम्पनीको  आगामी मंसिर ५ गते १४ औं बार्षिक साधारण सभा हुदैंछ । कम्पनीको पानीपोखरी, काठमाडौँमा रहेको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि भर्चुअल रुपमा उक्त सभा हुने छ । 
कम्पनीले आव २०७५र७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले त्यो प्रस्ताव पारित गरेपछि शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया