काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन्।
प्रतिक्रिया