जाममा परेको एम्बुलेन्समै बिरामीको मृत्यु

७ बर्ष अगाडि

धादिङ -पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ ।

चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । 
नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।

चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा फसेको थियो ।  राजधानी दैनिकमा खबर छापिएकाे छ । 
मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्सलगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको आलोचना गरेका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया