काठमाडौं – कुमारी बैंकले गत आवको मुनाफाबाट यस अघि घोषणा गरेको लाभांश संसोधन गरेको छ । बैंकले यसअघि १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने गरि कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो । तर, त्यसमा राष्ट्र बैंकले सहमति दिदाँ संसोधन गर्न भएिपछि संसोधन गरिएको हो ।
बैंकले कुल लाभांशको सिमा यथावत राखेर बोनस र नगद लाभांश संसोधन गरेको छ । बैंकले १०.८५ प्रतिशत र ३.१५ प्रतिशत नगद लाभांश दिने गरि लाभांश घोषणा गरेको हो । अब नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले यो लाभांश पाउने छन् ।
प्रतिक्रिया