युनिलिभरले बोलायो साधारण सभा, लाभांश पारित गरिने

५ बर्ष अगाडि

काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्ने प्रस्ताव सहित आगामी मंसिर १६ गते साधारणसभा बोलाएको हो । 
सो दिन ३ः४५ मा भर्चुअल माध्यमबाट सभा गर्न लागिएको कम्पनीको भनाइ छ । 

कम्पनीले गत आवको नाफाबाट प्रतिकित्ता १०० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । अब हुने साधारण सभाले त्यो पारित गर्ने छ । साधारण सभाका लागि कम्पनीले आगामी कात्तिक २७ गते बुकक्लोज गर्दै छ । त्यो अनुसार कात्तिक २७ गतेसम्म कायम शेयरधनी मात्र उक्त लाभांशको हकदार हुनेछन् 
। 

५ बर्ष अगाडि

प्रतिक्रिया