तीन वर्ष नवीकरण नभएका संस्था खारेज हुने

७ बर्ष अगाडि

काठमाडौं– सरकारले तीन वर्षभन्दा बढी समयदेखि नवीकरण नभएका गैरसरकारी संस्थालाई खारेज गर्ने भएको छ ।
 गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अन्तिम ३५ दिने म्याद जारी गर्दै आफ्नो संस्था नवीकरण गराउन सार्वजनिक आहान गरेको छ । गत जेठमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध गैरसरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायतलाई नवीकरणको म्याद जारी गर्ने निर्णय गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया